ट्रान्सपोर्ट एसोसिएसन मोरङको अध्यक्षमा शम्भु भट्टराई 

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २४, शनिबार २०:४८

विराटनगर। ट्रान्सपोर्ट एसोसिएसन अफ मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित भएका छन् ।

शनिबार (आज) विराटनगरमा भएको १५ औँ साधारणसभा तथा ८ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै, एसोसिएसनको उपाध्यक्षमा खगेन्द्र सिग्देल, महासचिवमा युवराज श्रेष्ठ, सचिवमा विनोद राजवंशी र कोषाध्यक्षमा केशरकुमार कार्की निर्वाचित भए ।

समितिको सदस्यहरूमा राजकुमार खड्का, सन्तोष घिमिरे, कृष्ण बजगाईँ, ज्योति राजवंशी मण्डल, ऋषि पोखरेल र हिमांशु जोशी चयन भएका छन् ।

अधिवेशनको उद्‌घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले यातायात क्षेत्रको विकृति तथा विसंगति हटाउन कोशी प्रदेश सरकार एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताए ।

यातायात व्यवस्था कार्यालयमा अहिले पूर्ण रूपमा सुधार गरिएको जानकारी दिँदै मन्त्री भण्डारीले अझै सुधारका लागि सुझाव दिन आग्रहसमेत गरे ।

कार्यक्रममा ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधवप्रसाद नेपाल, पूर्व अध्यक्ष सन्तबहादुर डुम्जन, कोशी ट्रक व्यवसायी महासंघका अध्यक्ष विद्यापति उपाध्याय, ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष अरुण श्रेष्ठलगायतले बोलेका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.