अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार १०:५५

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आज (आइतबार) सुरु हुन लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेर हद लागू भएको छ । अध्यक्षका ४ जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा भने मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव सुजन कडरियाले जानकारी दिए ।

३२ वर्षे उमेरहद लागू भएपछि ५ जना सचिव मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् । ती मध्ये आरती भट्टराईले महासचिवमा दाबी प्रस्तुत गरेकी छन् । हाल कडरियासँगै प्रकाश पौडेल, दीपक धामी र अञ्जना सिवाकोटी अध्यक्षका आकाङ्क्षीका रूपमा अगाडि आएका हुन् । भट्टराईले सहमतिबाट नेतृत्व चयन हुने र आफू महासचिव बन्ने अवस्था आएमा पछि हट्ने बताउँदै आएकी हुन् ।

महाधिवेशनमा विधान संशोधन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन पेस गरिनेछ । यो पटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको छ । १९९ सदस्यीय केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाइनेछ । १७ जना पदाधिकारी रहेकोमा ९ सदस्यीय बनाइने सचिव कडरियाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.