कीर्तिपुर क्रिकेट मैदानमा प्रधानमन्त्री

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २५, आइतबार १८:०३

काठमाडौं । निर्माणाधीन कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षणमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । मैदान बाहिर निर्माणधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षणका लागि ओली कीर्तिपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णय गर्दै ३०० दिनभित्र क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए ।

कामको अवलोकनका लागि प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायत पुगेका थिए । उनीहरुले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका थिए ।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्य प्रगति बारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.