
विराटनगर । ससुराली आएका १ जना भारतीय नागरिक मोरङको धनपालथान गाउँपालिका–३ बेतौनामा मृत फेला परेका छन् ।
भारतको अररिया घर भएका ५५ वर्षीय राजेश्वर बहरदार हुलाकी सडक खण्डको पेटीमा मृत फेला परेका हुन् । स्थानीयले आइतबार दिउँसो मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगिएको छ । मृत फेला परेका बहरदार धनपालथानस्थित ससुराली आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको मृत्युको कारण प्रष्ट भइसकेको छैन । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























