भिजिट भिसा प्रकरण छानबिन गर्न समिति नबनाएसम्म संसद अवरुद्ध गरिने

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार १३:२३

काठमाडौं । भिजिट भिसा अनियमितता प्रकरणको छानबिनका लागि समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन् ।

आज (सोमबार) संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद् अवरुद्ध गर्ने रणनीति यथावत् राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिए ।

दाहालले सोमबार संसद् बैठकअघि छानबिन समितिको मागबारे विपक्षी दलहरूको साझा धारणा कायम छलफल भएको र समिति गठन नभएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार, भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय समिति आवश्यक रहेको विपक्षीको अडान परिवर्तन भएको छैन।

विपक्षी दलले कांग्रेससँग पनि यसबारे छलफल गरेको थियो । तर आफूहरूको मागमा कांग्रेस समेत तयार नभएको विपक्षीको आरोप छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.