पितृको सम्झनामा मनकामनामा २१६ किलोको घण्टी

Share this
614shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार १३:३५

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा रहेको पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ।

अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवंगत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाएका हुन्। घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ। २१६ किलोको घण्टी र घण्टाघर करिब ३४ लाख लागतमा निर्माण गरिएको हो।

मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेलले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठूलो रहेको दाबी गरे।

पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने जनविश्वास छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.