भिजिट भिसा प्रकरणः छानबिन गर्न समिति बनाउन मानेन कांग्रेस

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार १५:२४

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति बनाउन पनि अस्वीकार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छलफलका क्रममा कांग्रेसले समिति बनाउन नमानेपछि बैठक निष्कर्षविहीन भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक बिना निष्कर्ष सकिएको हो ।

प्रतिनिधिसभा बैठकमा जेठ १३ गतेदेखि जारी गतिरोध अन्त्यका लागि कांग्रेससँग रास्वपाले कम्तीमा पनि भिजिट भिसा सेटिङको छानबिन गर्न संसदीय समिति बनाउन पर्ने माग राखेको थियो । त्यो माग कांग्रेसले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘भिजिट भिसाबारे संसदीय छानबिन समिति बनाउन पनि कांग्रेसले अस्वीकार गर्‍यो । त्यसपछि कुरा मिलेन । उहाँहरूले केही पनि नमानेपछि त कसरी सहमति हुने,’ प्रमुख सचेतक परियारले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.