
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले सोमबार पार्टी र जनप्रतिनिधिहरूबीचको अन्तरसंवाद कार्यक्रम गरेको छ ।
महानगर कमिटी अध्यक्ष बलराम गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य एवं मोरङ जिल्ला कमिटी इन्चार्ज कमरेड जीवन घिमिरे प्रमुख अतिथि थिए ।
कार्यक्रममा प्रदेश कमिटी उपसचिव देवान राई, कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवं महानगर कमिटी इन्चार्ज पर्शुराम बस्नेत, प्रदेश कमिटी सचिवालय सदस्य रमेश पोखरेल जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, उपसचिव सन्तोष वान्तवा, विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्की र वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेलगायत उपस्थित थिए । सो क्रममा नगरको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
























