धरानमा टेम्पोको ठक्करबाट महिलाको मृत्यु

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार ११:४८
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित सेउती पुलनजिकै दुर्घटना भएको हो ।

महादेव चोकबाट देउरालीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ ह ३७५ नम्बरको अटो टेम्पोले पैदलयात्री ६० वर्षीय उषा तामाङलाई सोमबार साँझ ६१ः० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । तामाङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

थप उपचारका लागि मोरङको विराट शिक्षण अस्पताल लगियो । उपचारकै क्रममा राति ९ः२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालक धरान–१५ का ३२ वर्षीय पासाङ शेर्पालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.