विवादपछि अनेरास्ववियुको बन्द सत्र स्थगित

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार १४:०२

काठमाडौं । विवादका कारण नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थगित भएको छ ।

निर्वाचनको माग गर्दै नाराबाजी सुरु भएपछि बन्द सत्र स्थगित गरिएको हो । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका छन् ।

उनले ती नामहरू प्रस्ताव गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेका हुन् । गर्दा बन्दसत्र स्थगित गरेर अहिले सहमतिको प्रयास भइरहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही आधारमा ढकालले सर्वसम्मतका लागि प्रस्ताव गरेका थिए ।

अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामीले चुनावको माग गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेको हो । ‘सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.