हावाहुरीले पाथीभरा क्षेत्रमा क्षति

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार ०९:५९

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हावाहुरीले क्षति पुर्याएको छ । मंगलबार साँझ वर्षा सहितको हावाहुरीले पाथीभरा क्षेत्रको काफ्ले पाटी र बलुडाँडा क्षेत्रमा क्षति पुर्याएको हो ।

हावाहुरीले घरका छानाहरू उडाएको छ । आसपासका फलैँचा, चौतारा, होर्डिङबोर्डहरु पनि उडाएको स्थानीयले बताए । काफ्लेपाटीमा देउमान लामाको घरको छानाको सवै जस्तापाता उडाएको छ ।

स्थानीय दलबहादुर पौडेलको भान्साघरको छाना उडाएको प्रहरीले जनाएको छ । कतिपय घरका सोलार प्लेटहरु झरेर भुइँमा फुटेका र छरपस्ट भएका छन् ।

माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार बलुडाँडामा डिल्लीराम भट्टराई खत्रीको घर र विश्वकर्मा पार्टी भत्किएको छ ।

यस्तै, स्थानीय खगेन्द्र केरुङ लिम्बूको छानो हुरीले उप्काएर जंगलमा पुर्याएको छ । त्यस क्षेत्रमा असिना पानी परेको र भुइँको झारपात तथा रुखका हाँगा झार्ने गरिको असिना परेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.