गर्मीका कारण इनरुवाका विद्यालय पनि ३ दिन बन्द

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार १५:४८

विराटनगर । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा ३ दिन बिदा दिइएको छ ।

आज (बुधबार) देखि शुक्रबारसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।

उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ ।
इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।

यसैगरी विराटनगर महानगरपालिका पनि ३ दिनका लागि विद्यालयहरुमा बिदा दिन भन्दै विद्यालयहरुलाई पत्राचार गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.