
काठमाडौं । सरकारले कृत्रिम बौद्धिकता (एआई) नीनि ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले एआईको विकासको लागि एआईको नीति २०२५ ल्याउने तयारी पूरा गरेको जनाएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एआईको नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको जनाए ।
उक्त नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्ने मन्त्री गुरुङको भनाइ छ । उनले भने, ‘भविष्य केन्द्रीत र जनताको हितमा काम गर्न नेपालको धारणा एकदमै स्पष्ट छ । सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा भएको छ र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी छ । नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्छ ।’
यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए ।
शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ ।
कानूनी, भौतिक र प्राविधिक व्यवस्थासहित आइटीलाई पूर्ण चरणका उद्योगको रूपमा स्थापित गर्ने भन्दै डिजिटल नागरिकको लागि भविष्य तयार गर्नको लागि सबै युवाहरुलाई डिजिटल कौशलता विकासको लागि एआइ तालिम वितरण गर्ने मन्त्री गुरुङले बताए ।

























