लेखा समिति सभापति पोख्रेललाई पितृशोक

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार २०:२१

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेललाई पितृशोक परेको छ ।

नेकपा (एमाले)का नेतासमेत रहेका पोखरेलका पिता ८८ वर्षीय रामचन्द्र पोख्रेलको बुधबार साँझ ६ः९ बजेतिर निधन भएको पारिवारले जनाएको छ । परिवारका अनुसार विराटनगर महानगरपालिका–८ स्थित निवासमा उनको निधन भएको हो ।

दाहसंस्कार बिहीबार बिहान ११ः३० बजे विराटनगरकै सिंघिया घाटमा गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.