असुरक्षा र लगानीको जोखिम बढाइयो : औषधि व्यवसायी

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १३:३७

काठमाडौं । औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि ९ वटा संघसंस्थाहरूले आपत्ति जनाएका छन् । प्रतिवेदनमा सेवाग्राही र व्यवसायीलाई मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक र स्वास्थ्यकर्मीलाई गम्भीर लाञ्छना लगाइएको उनीहरूको भनाइ छ ।

औषधि उत्पादक संघ उपाध्यक्ष सन्तोष बरालले उक्त प्रतिवेदनप्रति असन्तुष्टि रहेको बताए ।
‘उक्त प्रतिवेदन कार्यावन्यन हुँदा औषधिको मूल्य प्रत्येक वर्ष तल झर्ने देखिएको छ । भारतबाट आयत हुने औषधिको मूल्य बराबर नै राखिनुपर्छ भन्ने हाम्रो माग हो,’ बरालले भने, ‘यो प्रतिवेदन जस्ताको जस्तै लागू हुने हो भने औषधि आयत गर्न सकिँदैन । केही वर्षमा औषधि आयत नै गर्न नसक्ने अवस्थामा पुग्छौं ।’

उनले औषधिको सस्तो नाराले गुणस्तरीय हुन नसक्ने जिकिर गरे । ‘गुणस्तरमा ध्यान दिनुपर्छ । भारतमा मूल्य तोक्ने विधि नेपालमा नै त्यहि लागू गर्नुपर्छ हाम्रो माग हो,’ उनले थपे । औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदन लागु भएमा एक महिनाभित्र औषधिको हाहाकार हुन सक्ने चेतावनी समेत दिएका छन् । मंगलबार समितिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाइएको थियो।

संयुक्त रूपमा विज्ञप्ति जारी गर्ने संघसंस्थामा औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्त संघ, नेपाल मेडिकल एसोसिएसन , नेपाल पशु औषधि व्यवसायी संघ , स्वास्थ्य तथा मेडिकल आपूर्ति संघ, नेपाल आयुर्वेद औषधि उत्पादक संघ, नेपाल निजी अस्पताल संघ र नेपाल औषधि थोक व्यवसायी संघ छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.