
काठमाडौं । भिजिट भिसा प्रकरणको छानविनका लागि समिति बनाउन विपक्षी दलहरु सहमत भएका छन् । विपक्षी दलहरु छानविनका लागि एक ठाउँमा उभिदा सत्तारुढ दलमाथि दबाब बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी दिए ।
‘संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ कार्यबाहक प्रवक्ता झाले बताएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका थिए ।
छानविन बनाउँदा गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । राजीनामा दिनुपर्ने भएका कारण छानविन समिति बनाउन सत्तापक्ष तयार छैन । जसले गर्दा प्रतनिधिसभा बैठक चल्न सकेको छैन ।
























