
काठमाडौं । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
नेकपा बहुमतका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका थिए । हत्या आरोपी कांग्रेस नेता अफताब आलमलाई सफाई दिएको भन्दै उनीहरुले मसी छ्यापेका हुन् ।
जेठ १४ गते न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको थियो ।

























