अखिल अध्यक्षमा कडरिया विजयी

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार ०६:०१

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा डा. सुजनक कडरिया निर्वाचित भएका छन् । ७३२ मत सहित उनी विजयी हुँदा प्रकाश पौडेलले ७२५ मत पाए । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् ।

विद्युतीय मेसिनमार्फत मतदान भएको थियो । अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती,रचना सापकोटा,गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।

१५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.