‘न्यायाधीशमाथिको दुर्व्यवहार आपत्तिजनक’

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १२:३५

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।

संयुक्त इजलासमा रही न्याय सम्पादन गरिरहेको अवस्थामा न्यायाधीशद्वयमाथि भएको अमानवीय दुर्व्यवहार घोर भर्त्सनायोग्य र आपत्तिजनक रहेको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको संगठनले जनाएको छ ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानुनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानुनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो । यस घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार रूपमा माग गर्दछौँ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.