मालपोतका कर्मचारीको कोठामा सरकारी कागजातको थुप्रो

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १५:३३

विराटनगर । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको कोठाबाट सरकारी अभिलेखसहित कागजात ठूलो परिमाणमा बरामद गरिएको छ ।

सिरहा नगरपालिका-७ स्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका कर्मचारी राय बिहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा प्रहरीले आज (शुक्रबार) उनको कोठाको तलासी लिएको थियो । त्यही क्रममा सरकारी अभिलेखहरु भेटिएको हो ।

एक महिलाले रायले आफूसँग शारीरिक सम्बन्ध राख्दै आएको र मानसिक यातना दिएको भन्दै उजुरी दिएपछि प्रहरी टोली रायको कोठा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले राय बस्दै आएको कोठामा खानतलासी गरिएको र बरामद कागजातमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

खानतलासीको क्रममा सँगै रहेका वडा नम्बर ७ का वडाध्यक्ष विनोद यादवले रायको कोठाबाट मातपोत कार्यालयका ठेलीहरू बरामद गरिएको जानकारी दिए । उनले भने, ‘सरकारी कागजात त कोठामा राख्न मिल्दैन । तर, रायको कोठाबाट मालपोतका धेरै कागजात भेटिएको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.