कोइरालाको प्रश्न, ‘व्यापारीले नतिर्ने भए जनताले किन बिजुली महशुल तिर्ने ?’

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत प्राधिकरणको बक्यौता नउठाएकोप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टी विद्युत प्राधिकरण संघको महाधिवेशनलाई आज (शुक्रबार) सम्बोधन गर्दै उर्जामन्त्री दीपक खड्कासामु कोइरालाले उद्योगी व्यापारीलाई पोस्नको लागि जनतालाई मारमा पार्नु नहुने बताए ।

मन्त्री खड्कासँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उनले भने, ‘कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने छ, अनि हामी विद्युत प्राधिकरण खस्कियो भन्छौँ, उठाउनुपर्ने पैसा चाहिँ नउठाउने ? अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने गलत हो। पहिला उठाउन पैसा, कल्पना गरौँ, जनताले जबसम्म बक्यौता उठाउँदैन तबसम्म प्राधिकरणलाई मासिक चार्ज दिँदैनौँ भने भने के हुन्छ। उद्योग व्यवसायी पाल्नको लागि जनता होइन ।’

उनले विद्युत प्राधिकरणको बक्यौता छिटोभन्दा छिटो नउठाए देशकै अवस्था नाजुक हुने बताए । उनले उद्योगीहरूले नतिर्ने भए हामीले किन तिर्ने ? भन्दै प्रश्न गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.