सञ्चारकर्मीले कानुन निर्माण प्रक्रिया बुझन् आवश्यक छ : मन्त्री भण्डारी

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १६:४३

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सञ्चारकर्मीहरुले कानुन निर्माण प्रकिया बुझन् आवश्यक रहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको १ दिने कानुन पत्रकारिता तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अदालतको न्याय निरुपण तथा कानुन अध्ययन गरी समाचार सम्प्रेषण गरेमा समाचारप्रति विश्वसनीयता बढ्ने प्रष्ट पारे । वर्तमान अवस्थामा नाम चलेका तथा ठूला मिडियाका समाचार कानुनी दृष्टिकोणबाट उपयुक्त नहुने गरेको मन्त्री भण्डारीको भनाइ छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, संस्थापक महासचिव विवेक गौतम, महासंघ मोरङ अध्यक्ष सुशीला पाठकलगायतले कानुनी छिद्रको प्रयोग गरेर सञ्चारकर्मी र सञ्चारगृहप्रति गरिएको व्यवहार सहन नसकिने बताए । पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौलाले सञ्चालन गरेको कार्यक्रममा महासंघका जिल्ला उपाध्यक्ष सन्तोष सिग्देलले स्वागत मन्तव्य राखेका थिए ।

तालिममा राष्ट्रियसभाका पूर्वसचिव एवं अधिवक्ता राजेन्द्र फुयाँलले कानुन, अदालत र न्याय तथा उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव एवं अधिवक्ता विनोदकुमार तिमल्सिनाले साइबर अपराध र समाचार विषयमा सहजीकरण गरेका थिए । तालिममा विराटनगरमा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको जानकारी महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौलाले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.