प्रमुख प्रशासकीय अधिकृतलाई विशेष अदालतले दिएको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १७:१६

विराटनगर । विशेष अदालतले रौतहट ईशनाथ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तासहित तीनै जनालाई सफाइ दिएपछि उक्त फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

तत्कालीन प्रशासकीय अधिकृत गुप्ता, इन्जिनियर सत्यपाल सौरभ, प्रधानाध्यापक मुहमद समिम अख्तरविरूद्ध अख्तियारले शुक्रबार पुनरावेदन दिएको हो ।

उनीहरूविरूद्ध आधारभूत विद्यालय लक्ष्मी नियाँ भवन निर्माणमा फिल्डमा भएको कार्यभन्दा बढी मूल्यांकन गरी नभए नगरेको कार्यसमेत भएको भनी झुटो बिल बनाएको आरोप अख्तियारले लगाएको थियो ।

उनीहरूले ३ लाख ३ हजार ७९७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गरेको आरोपमा सोही अनुसारको बिगो माग गरी अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।

उक्त मुद्दामा २०८१ असार २ गते विशेष अदालतले सफाइ दिएको अख्तियारको प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.