जसपा सांसद निलम्बित

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १९:५४

विराटनगर । काठमाडौंबाट पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शुक्रबारको प्रदेशसभा बैठकमा कुशवाहाको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । कशवाहामाथि मधेश सरकारबाट अघोषित रुपमा प्राप्त संसदीय विकास कोषको योजनाको उपभोक्ता समिति गठनको नाममा अनियमितता गरेको आरोप लागेको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको थियो । अख्तियारले गत जेठ १२ गते उनको घरमा छापा मारेको थियो । त्यतिबेला कुशवाहाका स्वकीय सचिव विनोदलाल कर्ण पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.