
विराटनगर । मासु खाने क्रममा अड्किएर धनकुटामा एक जना वृद्धको मृत्यु भएको छ ।
जेठ २१ गते राति मासु अड्किएर घाइते भएका धनकुटाको महालक्ष्मी नगरपालिका– ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो ।
सुँगुरको मासु खाने क्रममा उनको घाँटीमा मासु अड्किएको थियो । बिराट शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

























