ज्यूँदो सपना

Share this
769shares
मुलुकी खबर
विराट किराती
clock२०८२ जेठ ३१, शनिबार ०९:१६

ज्यूँदो मान्छेले
देख्ने भनेकै
सपना हो।

ज्यूँदो भन्नु त
लक्ष्य हो
गन्तव्य हो।

सपना दिनमा होस्
या त रात
केही फरक पर्दैन
निन्द्राबाट ब्युँझिएर सम्झिएजस्तो हैन
ज्यूँदो सपना।

जब सपनाहरुको भोक लाग्छ
उसलाई सुत्न दिंदैन।

–झापा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.