पशुपालक कृषकलाई च्याप कटर वितरण

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३१, शनिबार १३:१३

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ ।

कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशतअनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।

कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, संयोजक यादवलगायतले कृषक समूहलाई च्याप कटर हस्तान्तरण गरे ।

महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्याप कटर हस्तान्तरण गरिएको संयोजक यादवले जानकारी गराए । एउटा च्याप कटरको ३३ हजार रुपैयाँ पर्दछ ।

विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्याप कटर प्राप्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.