
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आज (शनिबार) काठमाडौँमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् ।
शान्ति बाटिकाबाट सुरु भएको गौरव र्याली नारायण चौर पुगेर विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ ।
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन्। विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यो गौरव यात्रा मनाइन थालेको हो।

























