हेवाखाेलाकाे बेलिब्रिज भाँचियाे : १ जनाकाे मृत्यु,  ४ जना गम्भीर घाइते

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३१, शनिबार १९:१७

विराटनगर । पाँचथरकाे हेवा खाेलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एक जनाकाे म‌ृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । यद्यपि प्रहरीले मृत्युको पुष्टि गरेकाे छैन ।

मेची राजमार्गको पुल गत वर्ष आएको बाढीले बगाएपछि बेलिब्रिज निर्माण सुरु गरिएको थियाे  । बेलिब्रिज निर्माणका क्रममा आज अपरान्ह अचानक पुल भाँचिएको हाे । बेलिब्रिज आज जाेडेर सक्ने याेजना थियाे ।

पुल भाँचिदा पुल निर्माणमा खटिएका पाँच जना मजदुर गम्भीर घाइते भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पाेखरेलले जानकारी दिए । उनका अनुसार पुल भाँचिने कारण खुलेकाे छैन् । घाइतेलाई उपचारका लागि पठाइएको उनलेे बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.