हेवाखोलामा पुल भाँचिदा घाइते भएका सबै मजदुर सिमराका

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३१, शनिबार २०:०२

विराटनगर । हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका मजदुरहरु सबै बाराको रहेको पाइएको छ ।

निर्माणाधीन बेलिब्रज भाँचिदा ६ जना मजदुर घाइते भएका छन् । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार घाइते सबै मजदुर बाराको जितपुरसिमरा उपमहानगरपालिका– १२ का हुन् ।

दुर्घटनामा बाराको जितपुरसिमरा उपमहानगरपालिका – १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका हुन् । उनीहरुकाे जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.