
विराटनगर । स्रोत खुम्चिएका कारण प्रदेशको बजेटको आकार हरेक वर्ष घटिरहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । आर्थिक वर्ष २०७५/७६ मा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको भएपनि अहिले ३६/३७ अर्बको मात्रै ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
झापाको गौरदह क्याम्पसमा आज आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिए ।
‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ,’ उनले भने,‘ वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’
























