
विराटनगर । झापाको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार झापाको अर्जुनधारा नगरपालिका– ११ माता मन्दिरमा रहेको सीएम स्वीमिङ पुलमा डुबेर काठमाडौं महानगरपालिका– १४ बाफल घर २ महिनादेखि झापाको बिर्तामोड–११ बसपार्क बस्दै आएका ४० वर्षीय केशव पाठकको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।

























