रंगेलीमा पिअकप दुर्घटना हुँदा चालकको मृत्यु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार ०८:५१
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गको रंगेली नगरपालिका– ७ संसारीमाई नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को २ च १३०० नम्बरको पिकअप दुर्घटना भएको हो ।

सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा पिकअप चालक विराटनगर महानगरपालिका– ८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

पिकअपमा सवार सोही स्थानका २३ वर्षीय राम राजबंशी, २१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दिपेश पौडेलको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ । तिव्रगतिका कारण दुर्घटना भएकाे प्रहरीले बताएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.