
विराटनगर । झापाको बिर्तामोड नगरपालिका–५ मित्रनगर टोलका ७१ वर्षीय कृष्णबहादुर घिमिरेको निधनपछि उनको काजकिरिया छोरीहरुले गरिरहेका छन् ।
घिमिरेको निधनपछि उनका ३ जना छोरीहरुले मृत्युपछि गरिने संस्कारका काम गरिरहेका हुन् । घिमिरेको जेठ २२ गते निधन भएको थियो ।
उनको निधनपछि जेठी छोरी शर्मिला, माइली प्रमिला र कान्छी छोरी सुशीला घिमिरे बुबाको काजकिरियामा बसेका हुन् । बुबाको निधनपछि उनीहरुले नै दागबत्ती दिएका थिए ।























