‘कार्यकर्ता खुसी पार्न कनिका छरेको जस्तो बजेट आयो’

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १७:२४

विराटनगर । कोशी प्रदेश सरकारले कार्यकर्ता खुसी पार्ने गरी वितरणमुखी बजेट ल्याएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् ।

आइतबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका थिए । बजेट सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दलका नेता आङ्बाले कनिका छरेजस्तो गरी बजेट आएको बताएका हुन् ।

‘दुई दलले आफ्ना कार्यकर्तालाई मात्रै खुसी बनाउनेगरी बजेट आएको छ । यसले कुनै पनि परिणाम र उपलब्धि हासिल गर्न सक्दैन,’ उनले भने,‘ परम्परा धान्ने खालको मात्रै बजेट आएको छ, कुनै पनि प्राथमिकता निर्धारण गर्न नसकेको छैन ।’

‘उहाँहरूले सबैभन्दा बढी प्राथमिकता कृषिलाई जस्तो भनेर अघि सार्नुभएको छ,’ आङ्बोले भने, ‘प्रदेश सरकारले ४ अर्बभन्दा बढी छुट्याउने गरेको बजेट अहिले सवा २ अर्बमा आएर कृषिलाई प्राथमिकतामा राख्न खोजिएको छ ।’

वितरणमुखी र कनिका छरेको जस्तो बजेट आएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.