बराहक्षेत्रमा जंगली हात्ती मृत अवस्थामा भेटियो

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार ११:४९

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । उक्त वडामा रहेको कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती आज (सोमबार) बिहान मृत अवस्थामा फेला परेको हो ।

स्थानीयले हात्ती मृत भेटिएको जानकारी नगरपालिकामा दिएका थिए । नगरबराहक्षेत्र पालिकाका मेयर रमेश कार्कीका अनुसार अन्दाजी ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो ।

हात्ती के कारणले मर्यो भन्ने खुलेको छैन । मेयरु कार्कीका अनुसार जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षका प्राविधिक टोलीले हात्तीको अनुसन्धान गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.