कोशीमा एकै दिन दुई वटा हात्ती मृत भेटिए

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार १७:०७

विराटनगर । काेशी प्रदेशकाे झापा र सुनसरी जिल्लामा एकै दिन दुई वटा हात्ती मृत फेला परेकाे छ । सोमबार बिहान सुनसरीमा भाले हात्ती र झापमा पोथी हात्ती मृत फेला परेका हुन् ।

सोमबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो । कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा अन्दाजी ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो ।

सोमबार बिहान नै झापाको मेचीनगरमा पनि हात्ती मृत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका– १ गणेश टोलमा रहेको मकैबारीमा बयस्क पोथी हात्ती मृत भेटिएको छ ।

दुबै हात्तीको मृत्युको कारण खुलेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.