जोर्डनको बाटो हुँदै फर्कदैछन् विराटनगरका मेयर

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार १९:१०

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला जोर्डन हुँदै नेपाल फर्किने भएका छन् ।

कृषिकर्म र सहकारी अभ्यासबारे अवलोकनका लागि इजरायल पुगेका कोइराला इरान–इजरायल युद्धका कारण उतै रोकिएका थिए । मंगलबार उनी जोर्डनबाट ओमन हुँदै नेपाल फर्कन लागेका हुन् ।

मेयर कोइराला जोर्डनबाट ओमान हुँदै नेपाल आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

मेयर कोइराला जेठ २७ गते इजरायल पुगेका थिए । उनी पुगेपछि इजरायल र इरानबीच युद्ध सुरु भयो । युद्धका कारण उनी सहभागी हुने भनिएको सबै कार्यक्रम रोकिएको थियो । दुई देशबीच आक्रमण सुरु भएका कारण बंकरमा बसेका थिए ।

मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठका अनुसार जोर्डनबाट कुवेत हुँदै कोइराला नेपाल आउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.