सांकेतिक तस्बीरविराटनगर । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ । पति घाइते भएका छन् ।
मंगलबार इटहरी उपमहानगरपालिका– २० पानीपीया स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक इटहरी– १ का ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र उनकी पत्नी ४५ वर्षीय हिरा निगाले घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागि न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा हिराको मृत्यु भएको हाे ।
तिव्रगतीका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ ।

























