
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।
पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकले कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधनको शोक प्रस्ताव पारित गर्ने छ ।
यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

























