बाघको आक्रमणबाट मृत्यु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार १०:५४

बारा । बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

घटना बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जको हो । बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा जीतपुरसिमरा–२१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो बाख्रा चराउन गएका उनी घर फर्किएनन् । खोजी गर्ने क्रममा क्षतविक्षत अवस्थामा ब्लोनको शव फेला परेको हो । बाघले खाइरहेकै अवस्थामा शव फेला परेको जीतपुरसिमरा– २१ का वडाध्यक्ष सुवास श्रेष्ठले बताए ।

शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी घटनास्थल पुगेका छन् । अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.