प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत, यी हुन् मन्त्रीपरिषद्को निर्णय

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार १४:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ । ओली असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाँदैछन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा. शान्ता सेढाईलाई तोक्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.