करेन्ट लागेर गर्भवतीको मृत्यु

Share this
614shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार १२:०२

रौतहट । करेन्ट लागेर गर्भवती अवस्थाकी महिलाको मृत्यु भएको छ । घटना रौतहटको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुनको मृत्यु भएको रौतहट प्रहरीका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए ।

प्रहरीका अनुसार आफ्नै घरमा मोबाइल चार्जमा लगाउने क्रममा खातुनलाई बुधबार दिउँसो ३ बजेतिर करेन्ट लागेको थियो । गम्भीर घाइते उनको उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी रायले बताए ।

अस्पतालले उनी कति महिनाकी गर्भवती थिइन् भन्ने खुलाएको छैन । यद्यपि, गर्भवती रहेको जानकारी मात्रै दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.