तत्कालीन कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार १९:२३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्कीकुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्रकुमार यादव रकार्यकारी निर्देशक बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुरमाथि भ्रष्टाचारमुद्दा दायर गरिएको हो । अख्तियारले उनीहरुमाथि ५१ लाख ७१ हजार रूपैयाँ नोक्सान गरेको अख्तियारको दाबी छ ।

सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । श्रीमतीको नाममा खरिद गरेको गाडीको सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको अनि गाडीको इन्धन र मोबिलका नाममा राज्यकोषको दुरुपयोग गरेको दाबी अख्तियारको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.