हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्युु

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार ०७:५०

विराटनगर ।  हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्युु भएको छ ।

झापाको मेचीनगर नगरपालिका -१ दुर्जन  चोकमा बिहीबार बेलुका हात्तीकाे आक्रमणबाट ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठकाे मृत्युु भएको हाे ।

घरबाट करिब ८०० मिटर टाढाकाे बारीमा हात्ती आएपछि लखेट्न पुगेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेकाे थियाे ।

आक्रमणबाट गम्भीर घाइते उनकाे बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा राति करिब ८ बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.