
धनकुटा । घरको बरन्डाबाट लडेर धनकुटामा १ जना महिलाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–१० उत्तरपानीकी ५० वर्षीया प्रमिला राई घिसिङको मृत्यु भएको हो ।
धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार शुक्रबार बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरन्डाबाट लडेर घिसिङको घटनास्थलमै मृत्यु भएको हो । उच्च रक्तचापकी बिरामी रहेकी उनी कोठाबाट बरन्डामा निस्किने क्रममा लडेकी थिइन् ।
शवलाई पोस्टमार्टमका लागि धनकुटा अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

























