
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोल्न नपाएपछि संसद बैठक बहिष्कार गरिएको जनाएको छ ।
प्रतिनिधिसभाको शुक्रबार (आज)को बैठक बहिस्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले बोल्न नपाएका कारण संसद बैठकमा बसिरहन उपयुक्त नभएको उल्लेख गरे । बैठकमा बोल्न नदिइएकाले बहिस्कार गर्नु परेको सांसदहरुको भनाइ छ ।
सांसद सुमन श्रेष्ठले बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् । प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नु पर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री सुनाउन नपाएका कारण मिडियामार्फत सार्वजनिक गर्नु परेको बताइन् ।
























