प्रमुख प्रशासकीय पक्राउ

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार १३:३३

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बिहान १ जना प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव पक्राउ परेका हुन् । आयोगको काठमाडौंस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिएर छानबिन एवं अनुसन्धान अघि बढाएको हो ।

श्रीवास्तवले पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना एवं ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको पाइएको अख्तियारले उल्लेख गरेको छ । श्रीवास्तवले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला पारेको दाबी आयोगको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.