५ प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ७, शनिबार ०५:५१

विराटनगर । देशका धेरै ठाउँमा रातभर झरी परेकोमा अहिले भने केही कम भएको छ । राति मकवानपुरमा ठूलो पानी परेको थियो ।

अहिले भने ठूलो बाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

लगातार झरी र ठूलो पानी परेका बेला नदी, खोला र तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएको जेठ १५ गते राति कोशी प्रदेशमा भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.