
चितवन । झापाको काँकडभिट्टातर्फ आउँदै गरेको बस माइक्रो बसमा ठोक्किएर दुर्घटना हुँदा शनिबार बिहान ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ४ जना महिला र ३ जना पुरुष छन् ।
धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी ठोक्किएर चितवनमा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिकाको खहरे पुलमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। प्रहरीका अनुसार मृतकमध्ये मकवानपुर–३ का सोमप्रसाद रुपाखेती र मकवानपुर हेटौंडा–५ की मैयाँकुमारी न्यौपाने पहाडीको मात्रै पहिचान खुलेको छ । मृतक ३ जना महिला र २ पुरुषको पहिचान खुल्न बाँकी छ ।

























